इटहरीमा दुई वटा आकाशे पुल निर्माण प्रकृिया सुरू
सुनसरीको इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माणको काम सुरु भएको छ । मुख्य चोकको धरान लाइन हाल सार्वजनिक शौचालय नजिकै र विराटनगरतर्फ हटिया लाइनमा आकासे पुल निर्माण सुरु भएको हो ।
रिजेन्सी बिल्डर्स प्रालिले ४ करोड ५१ लाख ६३ हजारमा ठेक्का पाएको दुई वटा पुल २०८१ फाल्गुन १६ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ । धरान लाइनमा ३५ मिटर र विराटनगर लाइनमा २७ मिटर लामो पुल निर्माणको लागि...