आफू जेनजी भएको भन्दै व्यावसायिक व्यक्तिहरुलाई धम्क्याएर पैसा माग्ने सानुभाइ अर्थात युवराज गुरुङ पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई धाकधम्की दिएर पैसा असुल्ने धन्दा चलाएपछि जिल्ला प्रहरी काठमाडौंले खोजी गरेर पक्राउ गरेको हो । नुवाकोटका युवराज गुरुङ यसअघि ठमेलस्थित क्लब ओम्रियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गर्दा पक्राउ परेका थिए । उनी पछिल्लो समय गुण्डागर्दीमा संलग्न हुदै आएका छन् ।

तपाईको प्रतिक्रिया