कङ्कालिनी नगरपालिकामा आगलागी हुँदा चार घर जलेर नष्ट
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा विहिवार आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।
घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा रु १० लाख २३ हजार बराबरको क्षति भएको जिल्...











