सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया