झुम्का कारागारबाट फरार कैदी लेटाङमा भेटिए
लेटाङ । सुनसरीको झुम्का कारागारबाट करिब दुई महिनाअघि भागेका एक फरार कैदीलाई प्रहरीले मोरङको लेटाङबाट पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुनसरीस्थित झुम्का कारागारबाट भागेका कर्तव्यज्यान मुद्दाका कैदी ४५ वर्षीय लाखबहादुर बिशङ्खेलाई प्रहरीले लेटाङबाट पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारी घर भएका बिशङ्खे मोरङको लेटाङ नगरपालिका–२ फडानीस्थित आफन्तको घरमा लुकिछिप...











