लक्ष्मीमार्गमा आगलागी, ३ घर जल्दा लाखौको क्षति
बेलबारी । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्ग चौकमा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ ।
मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जन...






