बेलबारी । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्ग चौकमा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ ।
मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा समेत जलेर मरेको तथा मानवीय नभएको उक्त कार्यालयले जनाएको छ /

तपाईको प्रतिक्रिया