मोरङ लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।अंशुको हत्या गरेको आरोपमा छिमेकी अन्दाजी ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । हत्यामा पदमकै संलग्नता रहेको यकिन भएको प्रहरी स्रोतले बतायो । यद्यपि, प्रहरी अधिकारीहरुले आधिकारिक पुष्टि गरिसकेका छैनन् ।
प्रहरी स्रोतका अनुसार पदम आफैंले अंशुको हत्या गरेको...











