बुढीगंगा–४ मा डकर्मी तालिम सम्पन्न, १० महिलालाई प्रमाणपत्रसहित रोजगारी अवसरको आश्वासन
बुढीगंगा — बुढीगंगा गाउँपालिका–४ मा सञ्चालन गरिएको १० दिने डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। निर्माणका सीप सिक्न इच्छुक १० जना महिलालाई तालिम प्रदान गरी अाइतबार औपचारिक रुपमा प्रमाणपत्र वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले प्रमाणपत्र प्रदान गर्दै तालिमले महिलाहरूको आर्थिक सक्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष थापा ...











