शौचालयमा लडेर ३१ वर्षीय रोशन बमको मृत्यु

शौचालयमा लडेर ३१ वर्षीय  रोशन बमको  मृत्यु
धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा गएराति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो । सोमबार राति शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढी...

धरान बीपी प्रतिष्ठानका रजिष्ट्रारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धरान बीपी प्रतिष्ठानका रजिष्ट्रारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले रजिष्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको ...

न्यायाधिसको सुरक्षागार्डका प्रेमी पेस्तोल लिएर फरार

न्यायाधिसको सुरक्षागार्डका प्रेमी पेस्तोल लिएर फरार
एक महिला न्यायाधीसका सुरक्षागार्डका प्रेमी सुरक्षागार्डको पे स्तो ल लिएर फ रार भएका छन् । । उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गा र्डका प्रेमी पे स्तोल लिएर फ रार भएका हुन् । घिमिरेको सुरक्षा गार्डका रुपमा खटिएकी प्रहरी जवान रनिताकुमारी केवटको पे स्तो ल उनका प्रेमीले लिएर फ रार भएका हुन् । उनीहरु एउटै कोठामा बस्दै आएका थिए । प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउ न्ड ...

खोटाङबजारका मनिकलाल प्रधानको घरमा आगलागी, ६३ लाखको क्षति

खोटाङबजारका मनिकलाल प्रधानको घरमा आगलागी, ६३ लाखको क्षति
खोटाङ/ खोटाङबजारका मनिकलाल प्रधानको घरमा विद्युत सर्ट भई आगलागी भएको छ । प्रधानको मोबाईल र स्टेशनरी पसल सञ्चालन हुँदै आएको घरमा सोमबार राती साँढे १ बजे आगलागी हुँदा लाखौंको क्षती भएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।   आगलागीमा प्रधानको घरमा सञ्चालित ईन्द्रेणीपोखरीका रमेश राईको मोबाईल पसल र खोटाङबजारकै घनश्याम फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको छ । मोबाईल पसलबा...

घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल पहिलो स्थानमा

घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल पहिलो स्थानमा
काठमान्डाैं / “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकी...

कृष्णदासलाई अनुसन्धानकालागि फेरि दिइयो ७ दिनको म्याद

कृष्णदासलाई  अनुसन्धानकालागि फेरि दिइयो ७ दिनको म्याद
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । अनुयायी बलात्कारको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानल...

लागुऔषधसहित दुई व्यक्ति पक्राउ

लागुऔषधसहित दुई व्यक्ति पक्राउ
पाल्पाको झुम्सामा लागुऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर आज जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डमा पाल्पातर्फ आउँदै गरेका स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भएका पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षीय...

दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु तीन जना घाइते

दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु तीन जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटाँैडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयम...

जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला कुकर बम रहेको स्थानियको आशंका

जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला कुकर बम रहेको स्थानियको आशंका
धनुषामा ब म बि स्फो टमा परी तीन जनाको ज्यान गएको घ टनाले सर्वसाधारण आ तंकित भइरहेको बेला जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्र सित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा ब म जस्तै देखिने संकास्पद बस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको बस्तु कुकर ब म जस्त...

एक किलो चाँदीसहित भारतीय युवक पक्राउ

एक किलो चाँदीसहित भारतीय युवक पक्राउ
महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँद...