धनुषामा ब म बि स्फो टमा परी तीन जनाको ज्यान गएको घ टनाले सर्वसाधारण आ तंकित भइरहेको बेला जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्र सित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा ब म जस्तै देखिने संकास्पद बस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको बस्तु कुकर ब म जस्तै रहेको भन्दै स्थानियले आशंका गरेका हुन् । प्रहरीले पनि शंकास्पद वस्तु ब म हुन सक्ने अनुमान गरेको छ । शंकास्पद बस्तु देखिएपछि प्रहरीले रातभरी त्यो वस्तुको सुरक्षा दिएको छ । ब मका कारण कुनै अ पृय घ टना हुन नदिन प्रहरीले सुरक्षा दिएको हो । अहिले सोमवार विहान पनि प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ ।

कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाा आवत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । यसैगरी जनकपुरधाम उपमहानगरपालिका ९ देवी चोकदेखि थापा चोक जाने बाटोको छेउमा पनि शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको ब म डि स्पोजल टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया