उपचार खर्च तिर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज हुन पाइनन् सुत्केरी

उपचार खर्च तिर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज हुन पाइनन् सुत्केरी
काठमाडौँ । उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नगरप्रमुख साहले कान्तिपुरमार्फत ललिताका पति गोपीकुमार खंगलाई रकम प्रदान गरेका हुन्। एक महिनाअघि सुत्केरी भएकी ललितादेवीले विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारबापत ३ लाख र औषधिको ५...

सम्भव छ ! अब एकै शिक्षकबाट सबै विषय अध्यापन

सम्भव छ ! अब एकै शिक्षकबाट सबै विषय अध्यापन
काठमाडौँ । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ९उपसचिव० गणेशप्रसाद भट्टराईले अब एउटै शिक्ष...

फिरौती माग गर्दा नदिएको भन्दै इँट्टाभट्टामा विस्फोट गर्ने चार जना पक्राउ

बारा– फिरौती माग गर्दा नदिएको भन्दै इँट्टाभट्टामा विस्फोट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बारास्थित इलाका प्रहरी कार्यालय सिमराको टोलीले फिरौती माग्दै रकम असुल्ने गिरोहका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा परवानीपुरका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जितपुर सिमराका २० वर्षीय अच्छेलाल गोसाई र फेटा गापा ३ का ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन् । ...

नगर प्रमुखले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई तीन लाख सहयोग

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत खातुनलाई नगर प्रमुख सरावगीले तीन लाख हस्तान्तरण गरेका हुन् । वीरगञ्ज महानगरपालिका कार्यालयको तर्फबाट दुई लाख र नगर प्रमुख सरावगीको तलब भत्ता स्वरुप प्राप्त रकमबाट एक लाख रुपैया गरी तीन लाख रुपैयाँको चेक नगर प्रमुख सरावगी...

माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु
माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य ती...

सात किलो चरेससहित चार जना पक्राउ

सात किलो चरेससहित चार जना पक्राउ
कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित चार जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१...

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सिमकोट / हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएकाे जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंह...

विराटनगरमा श्रीमान्ले चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते

विराटनगरमा श्रीमान्ले चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते
विराटनगर । विराटनगरको चादनी चोकमा श्रीमान्ले तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएकी छिन् । विराटनगर महानगरपालिका–४ चाँदनीचोकमा बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीय सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएको मोरङ प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको छ । गम्भीर अवस्थाकी सुस्...

पश्चिमी वायुको प्रभावले बिहीबारदेखि तीन दिनसम्म देशैभरी चिसोको सम्भावना

पश्चिमी वायुको प्रभावले बिहीबारदेखि तीन दिनसम्म देशैभरी चिसोको सम्भावना
  पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबारदेखि तीन दिनसम्म हिमपात र वर्षाको सम्भावना रहेको जनाएको हो । अहिले पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी केही ठाउँमा पानी परिरहेको मौसमविद मञ्जु बासीले जानकारी दिनुभयो । पानी र हिमपातका कारण चिसो पनि देशैभर बढेको छ । हिमपातको सम्भाव...

सरकारले आज किराँत र नेवार कर्मचारीलाई मात्रै सार्वजनिक बिदा

सरकारले आज  किराँत र  नेवार  कर्मचारीलाई मात्रै सार्वजनिक बिदा
सरकारले बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक बिदा नभएको जानकारी दिनुभएको छ । उधौल...