सरकारले बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक बिदा नभएको जानकारी दिनुभएको छ ।

उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने आज बिदा दिइएको छ ।

गृह मन्त्रालयले विसं २०७५ चैतमै जारी गरेको नयाँ वर्षका बिदासम्बन्धी सूचनामा बिहीबार किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

यता १ नम्वर प्रदेश सरकारले भने प्रदेश भरी सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया