भारतमा तीन नेपाली मजदुरको हत्या
भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको छ।
बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका बैतडीका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए।
उनले भने, ‘उनीहरुको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको ख...











