संखुवासभामा भिरबाट लडेर एक महिलाको मृत्यु भएकाे छ । संखुवासभाको धर्मदेबी नगरपालिका-७ आले बस्ने उपेन्द्र बाहादुर मगर को श्रीमती बर्ष अंदाजी ४५ की देबी माया मगरको भिरबाट लडेर मृत्यु भएको हाे ।

हिजाे शनिबार दिउँसो २ बजेको गाई ,बाख्रा चराउन हिडेकी उनी साझँ सम्म घर फर्केर नआएपछी आफन्तहरुले खोजि गर्दै जाने क्रममा सोही स्थानमा रहेको मारुनी भीर बाट अंदाजी १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईको प्रतिक्रिया