भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन
भोजपुर । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो ।
उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस चढेर काठमाण्डौदेखि घर फर्किनुभयो । तीन दिनपछि घर पुग्दा जेठा दाजु सम्मर...










