धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको थियो । प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

तपाईको प्रतिक्रिया