काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो

लमजुङ– काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङका लागि हिँडेको जीप पहिरोमा पुरिएको छ ।

बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बरको स्कारपियो (जीप) मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको पहिरोमा पुरिएको हो ।

जीपमा ५ जना यात्रुहरु सवार रहेकोमा सबै जना भागेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार स्याँगेमा गएको पहिरोका कारण मनाङ जाने सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण मनाङबाट बेंसीशहरतर्फ आउने र बेंसीशहरबाट मनाङतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया