बिर्तामोड घर भएका युवक विराटनगरबाट पक्राउ, ब्राउन सुगर बरामद
विराटनगर । झापाको बिर्तामोड घर भएका १ जना युवक विराटनगरबाट पक्राउ परेका छन् । साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।
भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आउँदै गर्दा बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय रोहित राजवंशी पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट बिहीबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले बताए ।
उनक...











