विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो । उनी त्यसबेला काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी थिए ।
उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।
सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलाशले बुधबार दोषी ठहर गरेको हो । विशेष अदालतबाट उनीहरुले सफाइ पाएकोमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपि सबैलाई दोषि ठहर गरेको हो ।


















