सुनकाे मूल्य बढ्याे
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कार...











