फ्रान्सको स्ट्रासबर्गमा दुईवटा रेल ठोक्किए
काठमाडौं / फ्रान्सको स्ट्रासबर्गको केन्द्रीय स्टेशनमा शनिबार दुईवटा ट्राम (विद्युतीय रेल) एकआपसमा ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन् ।
यस घटनाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन्, जसमा दुवै ट्राममा दर्जनौं मानिस सवार देखिन्छन्। भिडियोमा धुवाँ उठेको र अलार्मको आवाजसँगै अराजकताको वातावरण देखिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा ट्रामले ट्र्याक परिवर्तन गरेक...











