बुढीगंगामा नाला सफाइको विवाद हतियार प्रहारमा, एक महिला घाइते
मोरङ — मोरङको बुढीगंगा गाउँपालिका–२ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन्।
घाइते हुनेमा ४७ वर्षीया गीता खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार शनिबार विहान आफ्नै घर अगाडि नाला सफा गर्दै गरेकी खतिवडासँग छिमेकी ४५ वर्षीय सुनिल धिमालबीच सामान्य विवाद भएको थियो।
विवादकै क्रममा धिमालले धारिलो हतियार प्रहार गर्द...











