मोरङमा प्रहरीले चलायो गोली, एक जना पक्राउ
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले गोली चलाएर एक जना युवालाई नियन्त्रणमा लिएको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाइ फायर गर्नु परेको हो ।
रतुवामाई नगरपालिका–१ हटिया डाँडामा राति करिब ८ः२० बजेतिर गोली चलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार गोली हानेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार युवकलाई पक्राउ गरिएक...











