विवाहेतर प्रेम सम्बन्ध विवाद : मोरङमा प्रेमिकाले काटिदिइन लिंग
विराटनगर : मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषको लिंग काटिएको घटना भएको छ।
प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष आफ्नो महिला साथीलाई भेट्न पुगेका बेला सोही महिलाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई अहिले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ।
अस्पतालका चिकित्सकका अनुसार धारिलो हतियारले प्...











