मोरङको हात्तीमुडामा आँखा शिविर
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडा स्थित श्री किसान जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको निशुल्क आँखा शिविरमा २५१ जनाले सेवा लिएका छन्।
जाँचमा ३० जनामा मोतियाबिन्दु देखिएको र तीमध्ये २५ जनालाई शल्यक्रियाका लागि रामलाल गोल्छा आँखा प्रतिष्ठान विराटनगर पठाइएको सहकारीले जनाएको छ।
सहकारीका अध्यक्ष ओपेन्द्रकुमार रायका अनुसार शिविर सञ्चालनमा सञ्चालक समिति, उप–सम...











