तरहरामा १४ लाख बराबरको गहना चोरी
तरहरा : इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ।
दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो।
रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना ...











