एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रवारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गरे । ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तीमा एकल बह...

मानव बेचबिखन विरुद्ध विराटनगर रानी बोर्डरमा प्रभातफेरी

मानव बेचबिखन विरुद्ध विराटनगर रानी बोर्डरमा प्रभातफेरी
विराटनगर । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विहान विराटनगर रानीमा प्रभातफेरी निकालिएको छ । “तिनै तहका सरकार मिली गरीने हातेमालो, मानव बेचबिखन हटाउ, दुष्चक्रको जालो हटाउ” भन्ने मूल नाराका साथ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख अध्यक्षतामा प्रभातफेरी आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न मानव अधिकार संघ–संस्था, नेपाल प्रहरी, स्थानीय निकायका...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो
शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १० रु...

बन्द हुन थाल्यो फेसबुक

बन्द हुन थाल्यो फेसबुक
नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो । अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्...

शेखर कोइराला भन्छन् सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याइयाेस्

शेखर कोइराला भन्छन् सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याइयाेस्
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदे...

कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला किन जाँदैछन् चीन ?

कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला किन जाँदैछन् चीन ?
काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला एक साता लामो चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विश्वविद्यालयको औपचारिक निमन्त्रणामा उनी भोलि शुक्रबार चीन प्रस्थान गर्ने कार्यतालिका रहेको छ । विश्वविद्यालयस्तरीय कार्यक्रमका लागि भ्रमण तय भएको सचिवालयका एक सदस्यले बताए । सचिवालय सदस्यका अनुसार भदौ १९ गते (सेप्टेम्बर ५) देखि २५ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको छ । भ्रमण अवधिमा शैक्षि...

सूचीकरण नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द

सूचीकरण नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द
काठमाडौं / सरकारले नेपालमा दर्ता (सूचीकरण) नगरेका फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतका सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले एक साताभित्र सूचीकरण नगरेका सञ्जाललाई बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ल्याउने जनाएको हो। हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट सूचीकरण भइसकेका छन्...

पुटिन–सीबीचको कुराकानी लिक, १५० वर्षसम्म मानिसलाई जीवित राख्ने योजना

पुटिन–सीबीचको कुराकानी लिक, १५० वर्षसम्म मानिसलाई जीवित राख्ने योजना
काठमाडौं । चीनको ८०औं विजय दिवसको अवसरमा चीनको राजधानी बेइजिङमा आयोजित विजय परेडमा आधुनिक हतियार र सैन्य शक्तिको प्रदर्शन मात्र भएन एक भविष्य विषयवस्तुले धेरैको ध्यान तानेको छ । भव्य कार्यक्रमको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन बीच एक छलफल भयो जसले चिकित्सा विज्ञानको दुनियाँलाई चकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ज...

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो...

झुम्का कारागारमा थप एक जना बन्दीको मृत्यु

झुम्का कारागारमा थप एक जना बन्दीको मृत्यु
सुनसरीको झुम्का कारागारमा बुधबार साँझ थप एक जना बन्दीको मृत्यु भएको छ । सप्तरीको राजविराज–८ घर भई हाल झुम्का कारागारमा बन्दी रहेका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझमा मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।यादवलाई ज्वरो आएपछि बुधबार साँझ ५ ५ः ३० बजेतिर सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लगिएको थियो । अस्पताल भर्ना भएपछि श्वासप्रश्वासमा समस्या थपिएको र उपचारकै क्रममा यादवको मृत्यु भएको ...