नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा

नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा
काठमाडौं । नेपाल प्रहरीमा ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले एकै पटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको विभागले जनाएको छ । लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र आवश्यकताका आधारमा विभिन्न जिल्ला, वृत्त, इलाका प्रहरी कार्यालय तथा अन्य वि...

माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद

माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद
विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपि नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप र मोटरसाइकल नियन्त्रणमा लिएको हो । चालक भने फरार छन् । सशस्त्र प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १...

मोरङको लेटाङ र रंगेलीका वडाध्यक्ष पदमुक्त कोशी प्रदेशका ५ सहित देशभर ८ जना वडाध्यक्ष रिक्त

मोरङको लेटाङ र रंगेलीका वडाध्यक्ष पदमुक्त कोशी प्रदेशका ५ सहित देशभर ८ जना वडाध्यक्ष रिक्त
बेलबारी । निर्वाचन आयोगले आफू निर्वाचित भएको राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूमाथि कारबाही गर्दै देशभरका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले सूचना प्रकाशित गर्दै कोशी प्रदेशका ५ सहित देशभरका ८ वडाध्यक्ष पदमुक्त भएको जानकारी दिएको हो। पदमुक्त हुनेमध्ये मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन । (एमाले) बाट निर्वाचित श्रेष्...

सुनसरीको पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद

सुनसरीको पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा उक्त गाँजा फेला पारेको हो। गत जेठ २६ गते साँझ १९:०० बजेको समयमा जंगलमा लुकाइछिपाइ राखेको अवस्थामा १५ वटा प्लास्टिकका बोराभित्र ४३० किलोग्राम गाँजा र को. २४ प. ६७४ नम्बरको मोटरसाइकल फेला परेको हो। ...

लागूऔषधविरुद्ध एसपी कवित कटवालको ‘जिरो टोलरेन्स’: “अपराध र तस्करलाई कुनै छुट छैन”

लागूऔषधविरुद्ध एसपी कवित कटवालको ‘जिरो टोलरेन्स’: “अपराध र तस्करलाई कुनै छुट छैन”
मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कवित कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेका छन्। विशेष गरी सीमावर्ती क्षेत्रबाट भइरहेको लागूऔषध तस्करी र अवैध कारोबारलाई निमिट्यान्न पार्न उनले चालेका कदमले तस्करहरूमा त्रास पैदा गरेको छ। प्रहरीको कडा प्रहार विराटनगर–१६, दरैयामा ५ ग्राम २१ मिलिग्राम खैरो हिरोइनसहित सुजन लिम्बु पक्राउ पर्नु एसपी कवित कटव...

तास खेलिरहेका १२ जना पक्राउ, अढाई लाख रूपैयाँ बढी बरामद

तास खेलिरहेका १२ जना पक्राउ, अढाई लाख रूपैयाँ बढी बरामद
विराटनगर । विराटनगरमा तास खेलिरहेका १२ जना सोमबार बिहानका राति पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट अढाई लाख रूपैयाँभन्दा बढी रकम बरामद भएको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलका महेश अग्रवालको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बिहानका राति १ः३० बजेतिर छापा हानेको थियो । तासको खालमा छापा हानेर प्रहरील...

मोरङ कारागारका बन्दीको मृत्यु

मोरङ कारागारका बन्दीको मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक बन्दीको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।मोरङको रंगेली नगरपालिका–२ घर भएका ४८ वर्षीय साइना मुर्मुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त जेलर तुलसी पौडेलले शनिबार दिउँसो १२ः ३० बजेतिर मुर्मुलाई अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको बताए । उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो...

लुटपाटमा संलग्न गणेश कार्की पक्राउ

लुटपाटमा संलग्न गणेश कार्की पक्राउ
काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गोली प्रहार गरी गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि कार्कीमाथि गोली चलाइएको थियो । उनको बायाँ खुट्टामा गोली लागेको छ । काठमाडौंको भद्रकाली घर भएका कार्कीमाथि श...

अनैतिक क्रियाकलापको सूचनापछि दुई महिला सेफ हाउस पठाइयो

अनैतिक क्रियाकलापको सूचनापछि दुई महिला सेफ हाउस पठाइयो
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बजारस्थित एक होटलमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर दुई महिलालाई उद्धार गरी सेफ हाउस पठाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार प्रहरी निरीक्षक नविन ओलीको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली खटिएको थियो । टोलीले मिक्लाजुङ–७ मधुमल्ला बजारमा रहेको ‘सोहेन होटल एण्ड लज’मा पुगेर जाँच गर्दा त्यहाँ कार्यरत द...