काठमाडौंमा आजबाट विद्युतीय बस चल्ने
काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार(आज) बाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ ।
आज दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ । उक्त बसको शुभारम्भ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२ बजे भृकुटीमण्डपबाट यसको शुभारम्भ हुनेछ ।
सुन्दर यातायात प्रालिले थप ५ वटा बस ल्याउने प्रक्रियामा र...











