यस वर्षको दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ।नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए ।यस वर्ष असोज १२ गते (आइतबार)देखि नवरात्र शुरु हुने छ।नव रात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ ।अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ ।पश्चिम दिशातर्फ फर्किर झण्डा झण्डा फेर्दा उत्तम हुने गौतमले बताए।यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको गौतमले जानकारी दिए ।१९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

तपाईको प्रतिक्रिया