लापरबाही बढेपछि एम्बुलेन्समाथि कडाई
विराटनगर / मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समाथि प्रहरीले विशेष ढंगबाट निगरानी बढाउन थालेको छ । विशेष परिस्थितिमा चलाउनु पर्ने एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाई गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।
उनका अनुसार प्राय एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो बढी आएको छ । मापसे गरेका चालकले एम्बुलेन्स चलाउने गरेको गुनासो आएसँगै...