मिथिलामा बढ्यो राखीको चहलपहल
जनकपुर । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् ।
‘आबन हे सखी, आयल साउनक पूर्णिमा,
भैयाके अबैय याद हे,
भैया नई ऐलौं, निष्ठुर भेला,
निरस भगेल हमर पावन हे !’
(यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्...