अशक्त किशोरीमाथि सामूहिक बलात्कार, घटना लुकाउन गरीयाे मिलापत्र
विराटनगर / मोरङको रंगेलीमा सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटना पैसा दिएर मिलाउने प्रयास गरिएको सार्वजनिक भएको छ । लामो समयसम्म यस घटनालाई गुपचुप राखियो ।
ललाईफकाई बलात्कार गरेको घटना पैसा दिने भन्दै २४ दिनसम्म गुपचुप राखिएको भए पनि प्रहरीले थाहा पाएपछि सार्वजनिक भयो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीले गाउँका अगुवा, छिमेकी, भद्रभलाद्म...