तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्थीक सहयोग तथारत्नदेबी युवा सेवा समाज छथर सुक्रबारे र छथर खेलकुद बिकास समितीको अयोजनामा मेला आयोजना हुने भएको हो । मेलाको अबसरमा स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रगियोगिताका साथै बिभीन्न खेलकुद प्रतियोगिता हुुने भएको छ । छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्नका निम्ती बिगतबर्ष देखी नै बिभीन्न क्षेत्रिय तथा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

गत बर्षदेखी सुरु भएको स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएको खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताए । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै सोही अबसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलमा बिजेताले नगद ६७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले नगद ४० हजार प्रमाणपत्र र मेडल पाउने भएको समाजका सचिव सन्तोष सुबेदीले बताए ।

खेलकुद तर्फ ब्यामिन्टन प्रतियोगिताहुने भएको छ । ब्यामिन्टन प्रतियोगितामा बिजेताले नगद १७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले ११ हजार ५ सय पाउने भएका छन । प्रतियोगिता यही असार ३१ गतेबाट सुरु हुने आयोजक जनाएको छ । प्रतियोगितामा पुर्बका बिभीन्न जिल्लाका स्थानीय तहरुको सहभागीता रहने भएको छ । यहाँ पर्यटकहरुले पछथरका पर्यटकीय गन्तब्यहरु मार्गपोखरी,साततले धाम,चाङलुङ गुफा,ताक्लुङ गढी,हाङमालुङ,सेप्माङलुङ,चाङसिङ गढी,बराह मन्दिर पञ्चकन्या ,योमुई चाम्खासिङ यक, थाक्चोलुङ मन्दिर लगायतका स्थानहरुको दृष्यालोकन गर्न सक्ने आयोजकले जनाएको छ । छथर भ्यु पार्क बालउद्यन शहिद स्मृती पार्कको साथमा छथरकै पर्यटकीय गन्तब्य सौरेनी डाडाको काखमा रमाउन सकिनेछ । छथरलाई खेल पर्यटनको रुपमा बिकास गर्न स्थानीय तहका साथै यस क्षेत्रमा रहेका सामाजिक संस्थाहरु बिगतका बर्षहरुबाटै क्रृयासिल रहदै आएका छन

तपाईको प्रतिक्रिया