झापामा मापसे गरेर सवारी चलाउने ४६०७ जना चालक कारबाहीमा

झापा/ झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४,६०७ जनालाई कारबाही गरेको छ। पछिल्लो समय ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेसँगै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेको संख्यामा उल्लेखनीय कमी आएको जनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले तीन वर्षको अवधिमा मापसे गरेर सवारी सञ्चालन गर्ने व्यक्तिहरूमाथि कारबा...

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् । सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो । एक जना...

जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने

जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
जनकपुर / विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ । विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको उनले बताए । तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्...

प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन चीन जाँदै परराष्ट्रमन्त्री राणा

प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन चीन जाँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा मङ्सिर दोस्रो साता चीन भ्रमणमा जाने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेकी हुन् । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदैछन्। परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनको ची...

रास्वपाले छान्यो स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार, को-को छन् ?

रास्वपाले छान्यो स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार, को-को छन् ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।  रास्वपाले पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार आकांक्षी उम्मेदवारहरुबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस पश्चात प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरि...

पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म

पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ किर्तिमान बनाएको हो ।  ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रास कमाई गरेको जानकारी दिएको छ ।...

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन्। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य...

आत्मसमीक्षासहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

आत्मसमीक्षासहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्...

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात
नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत नि...

वीरगंज महानगरले आज १० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै

वीरगंज महानगरले आज १० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै
वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि आज तालिम दिन लागेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए । आज बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायिक र निजी विद्यालय, कलेज गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने उनले बताए । एकसाथ १० हजार भन्दा बढ...