गाँजासहित इटहरीका दुई जना पक्राउ

गाँजासहित इटहरीका दुई जना पक्राउ
धरान : धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस जाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ किलोग्राम (९ केजी) गाँजा फेला परेको हो। सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी उ...

केराबारीको क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु

केराबारीको क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु
केराबारी । मोरङको केराबारीमा रहेको एउटा क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ । केराबारी गाउँपालिका–८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका घर भएका चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनला...

सुनको मूल्य १ हजार ८ सयले बढ्यो

सुनको मूल्य १ हजार ८ सयले बढ्यो
#नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको १ लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको १ लाख ९३ हजार ७ सय रूपैयाँ थियो ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ३ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको २ हजार २ सय ८५ रूपैयाँ थियो ।

नुवाकोटका दम्पती ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ

नुवाकोटका दम्पती ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ
बिर्तामोड । प्रहरीले झापाको भद्रपुरबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरु आज बिहान ८ बजे पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका श्रीमानश्रीमती र भद्रपुरका एकजना युवा रहेका छन् । उनीहरुलाई भद्रपुर ७ डाँफेचोकबाट पक्राउ गरिएको हो ।विशेष सूचनाको आधारमा बाटोमा हिँडिरहेका नुवाकोट तादी-६ का ३० वर्षीय मनकुमार दर्जी, उनकी श्रीमती २६ वर्षीय शशि खत्री र भद्रपुर-७ डाँफ...

मापसे गरेर ‘एसिड’ खाएका सरोजको गयो ज्यान

मापसे गरेर ‘एसिड’ खाएका सरोजको गयो ज्यान
धरान : सुनसरीको धरानमा तेजाब(एसिड) सेवन गरी सिकिस्त भएका एक पुरुषको आइतबार राति मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको विराटनगरको उपचारका क्रममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेलगत्तै उनको स्वास्थ...

पर्वतमा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

पर्वतमा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता
पर्वत : पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ भने श्रीमती अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ७८ वर्षीय छविलाल विश्वकर्माको शव आज बिहान पुरिएको अवस्थामा फेला परेको हो। छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा भने पहिरोमा बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन वि...

पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या : धम्कीपछि तनावले झेलिएका थिए

पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या : धम्कीपछि तनावले झेलिएका थिए
रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या पछाडि स्थानीय प्रशासन, राजनीतिक दवाव र पत्रकारको सुरक्षा व्यवस्था सम्बन्धी गम्भीर प्रश्न उठेको छ। शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा भेटिएका प्रजापतिको परिवारले तत्काल पासो काटेर अस्पताल पुर्‍याएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्‍यो। गरुडा म्युजिकल एफएममा कार्यरत पत्रकार प्रजापति समाचार लेखन...

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचाँस रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ...

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्
काठमाडौं । कतिपयलाई मदिरा पिउन निकै मन पर्छ । उनीहरु रक्सीको यति लतमा परेका छन् कि उनीहरुले त्यसलाई छोड्ने सोच पनि सक्दैनन्, कम पिउने कुरा त छोड्नु होस्। रक्सी छोड्ने कसम पनि खान्छन कोही, तर उनीहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि कसैले ३० दिनसम्म रक्सी नछोए के हुन्छ त ? उसको शरीरमा के के फरक पर्ला त ? विज्ञहरूका अनुसार ३० दिनसम्म रक्सी छोड्नुका फा...

काेशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काेशी र गण्डकीमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी...