#नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँले बढेको छ ।
भाउ बढेसँगै सुन तोलाको १ लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको १ लाख ९३ हजार ७ सय रूपैयाँ थियो ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ३ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको २ हजार २ सय ८५ रूपैयाँ थियो ।


















