भारी वर्षाका कारण ४३ जनाको मृत्यु, ३७ जना बेपत्ता
काठमाडौं / हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बीबीसीसँग कुरा गर्दै बताएअनुसार भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ र ३७ जना बेपत्ता छन्।
डीसी राणाले भने, “हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो। त्यसपछि लगातार पानी परिरहेको छ। धेरै ठाउँमा बादल फुटेर धेरै क्षति भएको छ।”
मनसुनमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु भएको पनि डीसी र...









