विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्ने विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा बिहीबार विज्ञान विषयको प्रवेश परीक्षामा ४७७ जना विद्यार्थी उपस्थित भएका छन्। कलेजले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा सञ्चालन गरेको हो।
मेरिल्याण्ड कलेजमा विज्ञान विषयमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा अझ उत्साह थपिएको कुरा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए। ‘हामीले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा सञ्चालन गरेकोमा यति धेरै विद्यार्थीहरूको सहभागिता पाएर हामी अत्यन्त उत्साहित छौं,’ उनले भने।
प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरू मोरङ, सुनसरी, सिराहा, उदयपुर, धनकुटाजस्ता जिल्लाका विभिन्न स्थानबाट आएका थिए। गौरादहबाट प्रवेश परीक्षा दिन आएकी प्रिसा दंगालले आफू मेरिल्याण्ड कलेजमा पढ्न धेरै उत्साहित भएको बताइन्। ‘मेरिल्याण्ड कलेजको शिक्षाको गुणस्तर र उत्कृष्ट परिणामको कारणले मैले यहाँ अध्ययन गर्ने निर्णय गरेको हुँ,’ उनले भनिन्।
सिराहाबाट आएका अर्का विद्यार्थी शिरिष यादवले मेरिल्याण्डमा प्रतिस्पर्धी शुल्कमा राम्रो पढाइ हुने कुरा सुनेर आफूले यहाँ पढ्ने निर्णय गरेको बताए। ‘यहाँको शिक्षाको गुणस्तर र किफायती शुल्क संरचनाले मलाई यो कलेजतर्फ आकर्षित गरेको छ’, उनले भने।
मेरिल्याण्ड कलेजका कोअर्डिनेटर मनिष पोखरेलले आफूले काम गरेको ९ वर्षको अनुभवमा मेरिल्याण्ड कलेजले गुणस्तरमा कुनै पनि कमी हुन नदिने भएकाले विद्यार्थीहरूको विज्ञानमा पनि पहिलो रोजाइ नै मेरिल्याण्ड बन्न पुगेको बताए। ‘हामीले व्यवस्थापन शिक्षामा जुन सफलता हासिल गरेका छौं, त्यही गुणस्तरलाई विज्ञान विषयमा पनि कायम राख्नेछौं,’ उनले भने।
कलेजका अधिकारीहरूका अनुसार, विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूका लागि आधुनिक प्रयोगशाला, अनुभवी शिक्षकहरू र गुणस्तरीय शिक्षा सामग्रीको व्यवस्था गरिएको छ। कलेजले विज्ञान विषयमा पनि उत्कृष्ट परिणाम हासिल गर्ने लक्ष्य राखेको छ।
मेरिल्याण्ड कलेजको उत्कृष्ट शैक्षिक कीर्तिमानलाई हेर्दा वि.सं.२०८१ सालको कक्षा १२ को बोर्ड परीक्षामा कलेजका ९७.७७ प्रतिशत विद्यार्थी उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुन सफल भएका थिए। यो उपलब्धिले कलेजको गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ।
गौरव के कुरा यो हो कि मेरिल्याण्ड कलेज विगत २२ वर्षदेखि व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ। कलेजले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गरेर हजारौं विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याएको छ।
कलेजका प्रिन्सिपल ढकालले विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गरेर उनीहरूको भविष्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी विज्ञान विषयमा पनि त्यही उत्कृष्टता प्राप्त गर्नेछौं जुन हामीले व्यवस्थापनमा प्राप्त गरेका छौं,’ उनले भने।