रंगेलीमा पिअकप दुर्घटना हुँदा चालकको मृत्यु
रंगेली । मोरङको रंगेलीमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गको रंगेली नगरपालिका– ७ संसारीमाई नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को २ च १३०० नम्बरको पिकअप दुर्घटना भएको हो ।
सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा पिकअप चालक विराटनगर महानगरपालिका– ८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको ह...











