खाँदबारी जाँदै गरेको माइक्रो धनकुटामा दुर्घटना,वृद्धा महिलाको मृत्यु, १६ जना घाइते
धनकुटा। काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान धनकुटामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृतक वृद्धा महिला हुन् । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रीबास नगरपालिका–५ भैंसेमा बिहान ६ः१० बजेतिर बा ४ ख ५२०२ नम्बरको सप्तकोशी हायस माइक्रो बस दुर्घटनामा परेको धनकुटा प्रहरी प्रमुख एसपी सरत थापा क्षेत्रीले बताए । उन...











