सांसद प्रमोद साहको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ । सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गृहमन्त्री रामबहादुर थापाको पुत्ला जलाएका छन् ।
राजविराजस्थित नेताचोकमा राजपाका कार्यकर्ताहरुले गृहमन्त्री थापा विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका हुन्। राजपा कार्यकर्ताहरु पुत्लामा आगो लगाएर नाराबाजी गरिरहँदा पुगेको प्रहरीले पानी हालेर आगो निभा...











