काठमाडौँ । सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गृहमन्त्री रामबहादुर थापाको पुत्ला जलाएका छन् ।

राजविराजस्थित नेताचोकमा राजपाका कार्यकर्ताहरुले गृहमन्त्री थापा विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका हुन्। राजपा कार्यकर्ताहरु पुत्लामा आगो लगाएर नाराबाजी गरिरहँदा पुगेको प्रहरीले पानी हालेर आगो निभाउन खोजेपछि प्रहरी र राजपा कार्यकर्ताबीच केहीबेर घम्साघम्सी भएको थियो।

राजपाका नेता कार्यकर्ताहरुले २४ घण्टाभित्र सासंद साहलाई बिनासर्त रिहा नगरिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन्। पुत्ला जलाउने कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव,तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह,राजपाका सह महामन्त्री गजेन्द्रकुमार मण्डल लगायत राजपाका तर्फबाट बिभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया