झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु
झापा । झापा जिल्लामा साउनको १ महिनामा मात्रै करेन्ट लागेर ५ जनाको मृत्यु भयो । यसरी मृत्यु हुनेहरु ग्रामीण क्षेत्रका किसानहरु छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो चार महिनामा मात्रै झापामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उ...











