वारपारको स्थितिमा ओली-विद्या
काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र फेरि आन्तरिक असमझदारी चुलिएको छ । दुई महिनाअघि औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर गतिविधि चलाउन थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता विद्याबीच वारपारको स्थिति आउन लागेको हो ।
तर पार्टी राजनीतिमा सक्रियता बढाएकी भण्डारीलाई साउन ५ र ६ गते बसेको एमाले के...











