अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द
विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै २०८१ साल असोज १२ गते दिउसो ४ बजेदेखि पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
स्थानीय ...











