अविरल वर्षाले पठनपाठन
प्रभावित, अधिकांश विद्यालयहरु बन्द
विराटनगर । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन्।
लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो।केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्याबसनका संयोजक मोहन बुढाथोकीले प्याबसनले आफ्ना सदस्य विद्यालयहरुलाई वर्षाले पारेको असर बारे बुझेर निर्णय लिन सुझाव दिएको बताए।

तपाईको प्रतिक्रिया