धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबास नगरपालीका वडा नम्बर ५ मा पहिरोमा परि २ जनाको मृत्यु भएको छ ।
गुरासे देवीथान बस्ने सन्तोष तामाङको (तत्काल बसोबास नगरेको नया घर) जस्तापाता, ढुङगा माटो र काठपातले बनेको एक तले घरमा माथी बाट पहिरो खस्ने क्रममा उक्त घरमा राखेको सामान निकाल्न जादा निजको श्रीमती वर्ष अन्दाजी ३०र३२ की आशा तामाङ र आशा तामाङको आमा (माईती घरको) वर्ष ५० की रामकुमारी तामाङको ज्यान गएको हो ।
नेपाली सेना तथा सशस्त्र प्रहरी बल सँग समन्वय गरी उद्वार कार्य गर्दा २ जना मृत अवस्थामा निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा अन्य उद्धारको कार्य भईरहेको बताइएको छ ।उक्त घरमा सामान निकाल्न जाने क्रममा छिमेकी योगेन्द्र बाहदुर तामाङको श्रीमती वर्ष २४ की मिन माया तामाङ समान्य घाईते भई उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याएको बताइएको छ

तपाईको प्रतिक्रिया