कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा
कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा
विराटनगर । प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवामा कोशी प्रदेशबाट ५ जना एसपी (प्रहरी उपरीक्षक) र १५ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) परेका छन् ।
प्रहरी प्रधान कार्यालयले गत सोमबार (भदौ ७ गते) एकैदिन ४१ जना एसपी र १ सय ४३ जना डीएसपीको सरुवा निकालेको थियो । एसपी र डीएसपीको सरुवा निकाल्दा विभिन्न जिल्ला एवं युनिटका इन्चार्ज पनि फेरिएका छन् । १४...









